logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • विशिष्ट व्यक्तिहरुको सवारी जनतालाई अप्ठ्यारो नपर्नेगरी गर्ने व्यवस्था मिलाउन माग

    विशिष्ट व्यक्तिहरुको सवारी जनतालाई अप्ठ्यारो नपर्नेगरी गर्ने व्यवस्था मिलाउन माग

    1.4K
    Shares
    विशिष्ट व्यक्तिहरुको सवारी जनतालाई अप्ठ्यारो नपर्नेगरी गर्ने व्यवस्था मिलाउन माग

    काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले विशिष्ट व्यक्तिहरुको सवारी जनतालाई अपm्ठ्यारो नपर्नेगरी गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै उनले यस्तो बताएका हुन् ।

    विशिष्ट व्यक्तिको सवारी लोकतन्त्र अनुकुल नभएको उनको भनाई छ । सवारीलाई खुकुलो बनाउन सुरक्षा संयन्त्रले नचाहेको भन्दै उहाँले यस समस्याको सामाधान राजनीतिक नेतृत्वबाटै खोज्नुपर्ने बताए । राष्ट्रपतिको सवारीका क्रममा सुरक्षा प्रवन्ध गर्ने जिम्मा सरकारको भएपनि अनाहकमा राष्ट्रपतिले गाली खानुपरेको उनले बताए । सांसद पन्तले यस विषयमा गम्भिर हुन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

    उनले भने – ‘दोष राष्ट्रपतिको होइन । योभन्दा अगाडी रामवरण यादव राष्ट्रपति हुनुहुन्थ्यो । उहाँको पालामा पनि यसरी पटक–पटक आलोचना भयो र उहाँले पनि विभिन्न कार्यक्रममा जाँदाको प्रक्रियालाई सरल बनाइयोस् भनेर प्रयत्न गर्नुभयो । अहिलेको राष्ट्रपतिको योभन्दा अगाडी पनि टिप्पणी भयो, उहाँले पनि यसलाई सरल र सहज बनाइयोस् भनेर प्रयत्न गर्नुभयो । तर अस्ति म आफैँपनि एकघण्टा जाममा परेँ । एम्बुलेन्स पनि जाममा प¥यो । सरकारले सवारी चलाउने मापदण्डलाई लोकतन्त्र अनुकुल खुकुलो र सुरक्षाको दृष्टिले पनि उपयुक्त बनाउने बारेमा पटक–पटक चर्चा चल्दा, आवाज उठ्दा पनि सरकारले ध्यान दिएको छैन । सरकारले यस सम्बन्धमा उपयुक्त पाइला नचाल्ने तर राष्ट्रपतिजस्तो गरिमामय संस्थाले यस बारेमा आलोचना भोग्नुपर्ने स्थिति आपैmँमा सुखद् होइन । किनभने मेरो सवारी कसरी चलाउने भनेर राष्ट्रपतिको भुमिका हुँदैन । त्यसको सम्पूर्ण जिम्मा त सरकारको सुरक्षा संयन्त्रले गर्छ । यो प्रश्नको समाधान राजनीतिक नेतृत्वबाट हुनुपर्छ । प्रधानमन्त्रीको तहबाट हुनुपर्छ । यो विषयलाई गम्भिरतापूर्वक लिउँ । यो प्रणालीको समयानुकुल परिमार्जन आवश्यक छ । यो गर्ने सरकारले हो । सरकारले नगर्ने अनि राष्ट्रपतिले किन गाली खाने ? राष्ट्रपति संस्था किन विवादमा पर्ने ? म अविलम्व यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदछु कि सवारीहरुलाई सहज, सजिलो र जनतालाई अपm्ठ्यारो नपर्नेगरी कसरी व्यवस्था गर्ने हो सरकारको दायित्व हो । प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend