logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पुँजी बजारप्रति राष्ट्र बैंक नकारात्मक छैन : गभर्नर

    पुँजी बजारप्रति राष्ट्र बैंक नकारात्मक छैन : गभर्नर

    1.1K
    Shares
    पुँजी बजारप्रति राष्ट्र बैंक नकारात्मक छैन : गभर्नर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक पुँजीबजारप्रति नकारात्मक नरहेको बताएका छन् ।
    आईतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिवद्ध रहेको भन्दै कहिल्यै पुँजीबजारप्रति नकारात्मक नभएको बताएका छन् ।

    गभर्नर अधिकारीले शेयरबजार बढ्नु र कहिले काहीँ घट्नु स्वभाविक भएको बताए । उनले पुँजीबजार हेर्ने छुट्टै केन्द्रिकृत नियमन निकायहरु भएको बताउँदै धितोपत्र बोर्डले पुँजीबजारलाई नियन्त्रण र अनुगमन गर्ने बताए ।

    उनले राष्ट्र बैंकले नियमन गर्ने भनेको वित्तीय क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरु मात्रै भएको स्पष्ट पारे । उनले नेपाली पुँजीबजारमा बाफियाभित्र ७० प्रतिशत संस्थाहरु समावेश भएकाले राष्ट्र बैंकले यी संस्थाहरुलाई गरेको नियमनको कारणले प्रभाव परेको हुनसक्ने बताए ।उनले राष्ट्र बैंकको इच्छा अनुसार पुँजीबजारलाई असर पर्ने नीति नलिएको भन्दै राष्ट्र बैंक जहिले पुँजीबजारको प्रोस्पर चाहेको बताए ।

    गभर्नर अधिकारीले भने, ‘पुँजीबजार प्रति राष्ट्र बैंक नकारात्मक हुनुपर्ने अवस्था छैन । पुँजीबजार हेर्ने छुट्टै केन्द्रिकृत नियमन निकायहरु रहेका छन् । धितोपत्र बोर्डले पुँजीबजारलाई नियन्त्रण र अनुगमन गर्छ । राष्ट्र बैंकले नियमन गर्ने भनेको वित्तीय क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरुलाई हो । नेपाली पुँजीबजारमा बाफियाभित्र ७० प्रतिशत संस्थाहरु समावेश भएको कारणले राष्ट्र बैंकले यी संस्थाहरुलाई गरेको रेगुलेसनको कारण कुनै न कुनै विषयले प्रभाव परेको होला । राष्ट्र बैंकको इन्टेनशन पुँजीबजारलाई असर परोस् भन्ने लिएको हुँदैन । हामीले जहिले पनि प्रोस्पर होस् भन्ने चाहन्छौं । राष्ट्र बैंक बैंकहरुसँग भएको पँुजी उत्पादन मुलक क्षेत्रमा लगानी होस् भन्ने हो । प्रत्यक्ष रुपमा शेयर बजारको विषयमा बोलेका हुँदैनौं । शेयर बजारको शब्दहरु मौद्रिक नीतिमा नभएकाले अन्यथा लिएको पाएको छु । वाह्य क्षेत्र निकै चुनौतिपूर्ण रहन्छ । विदेशी मुद्रा सञ्चितिमा सन्तुलनमा राख्नुपर्छ भनेर आयात प्रतिवन्धको नीति लिएका हौँ । त्यो नीति सधैका लागि थिएनन् । आयात बेसमा राजश्व संकलन हुने भएकाले सुधार गर्न आवश्यक छ । त्यसले गर्दा एकातिर तान्दा अर्कोतिर खुस्कने अवस्था रहेको छ । सरकारले त्यसलाई ब्यालेन्स गर्नुपर्ने अवस्था छ ।’

    उनले राष्ट्र बैंक बैंकहरुसँग भएको पुँजी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नेगरी नीति लिएकाले प्रत्यक्ष रुपमा शेयर बजारको विषयमा नबोलेको बताए। उनले शेयर बजारको शब्दहरु मौद्रिक नीतिमा नभएकाले अन्यथा नलिन आग्रह गरे । उनले विदेशी मुद्रा सञ्चितिमा सन्तुलनमा राख्नको लागि आयात प्रतिबन्धको नीति लिएको भन्दै सहज भएसँगै खुल्दै गरेको जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend