काठमाडौं । उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक अवस्था र चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीबारे छलफल हुने बुझिएको छ ।
सम्भवत यही बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने टुंगो लगाउनेछ ।
यसअघि सो क्षेत्रबाट पार्टी सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर,नागरिकता विवादका कारण अदालतले सांसद पदबाट निलम्वित हुने फैसला गरेपछि चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।