logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • म्यानचेस्टर युनाइटेडको सहज जित

    म्यानचेस्टर युनाइटेडको सहज जित

    3.3K
    Shares
    म्यानचेस्टर युनाइटेडको सहज जित

    काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सहज जित हात पारेको छ ।

    युनाइटेडले घरेलु टोली लिड्स युनाइटेडमाथि २–० को सहज जित हात पारेको हो, जसमा खेलको अन्त्यतिर मार्कस रासफर्ड र एलेहान्द्रो गर्नाचोले एकएक गोलको योगदान गरेका थिए ।

    एलान्ड रोड लिड्स रंगाशालमा आइतबार राति भएको खेलको ८०औं मिनेटमा लुका साको पासमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । त्यस पछि ८५औं मिनेटमा परिवर्तित खेलाडी एलेहान्द्रो गर्नाचोले गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए ।

    यस जितसँगै तेस्रो स्थानमा रहेको युनाइटेडको २३ खेलबाट ४६ अंक पुगेको छ । पराजित लिड्स २२ खेलबाट १९ अंक जोडेर १७औं स्थानमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend