काठमाडौं । सेयर बजार सोमबार बन्द हुने भएको छ । आज सोमबार (फागुन १ गते) जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।
सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । आइतबार नेप्से सूचक ६०.८८ विन्दुले घटेर २१२१.७५ विन्दुमा अडिएको छ ।