logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका गाईगोरुसहित एक किशोर पक्राउ

    नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका गाईगोरुसहित एक किशोर पक्राउ

    2.3K
    Shares
    नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका गाईगोरुसहित एक किशोर पक्राउ

    महोत्तरी । महोत्तरीको पश्चिमी भारतीय सीमानाकाबाट प्रहरीले ४८ वटा गाईगोरुसहित आज बिहान एक किशोरलाई पक्राउ गरेको छ ।

    नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका ४८ वटा गाईगोरुसहित सम्सी गाउँपालिका–७ का १८ वर्षीय गुफरान शेषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिए ।

    बिहानै नेपाल–भारत तस्करी गर्न लागिएको ४७ गाई र एक गोरुसहित किशोरलाई सीमा गस्तीमा खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

    नियन्त्रणमा लिएका किशोरलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend