logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • जसपा सम्बद्ध बौद्धिक पेसाकर्मीको २३ सदस्यीय तयारी समिति गठन

    जसपा सम्बद्ध बौद्धिक पेसाकर्मीको २३ सदस्यीय तयारी समिति गठन

    4.4K
    Shares
    जसपा सम्बद्ध बौद्धिक पेसाकर्मीको २३ सदस्यीय तयारी समिति गठन

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध नेपाल बौद्धिक पेसाकर्मी महासंघको गठन तयारी समिति बनेको छ । बालकुमारीमा आयोजित भेलाले ई. सीताराम साहको संयोजकत्वमा २३ सदस्यीय तयारी समिति गठन गरेको छ ।

    समितिको सह संयोजकहरुमा डा. दिलिप यादव र मञ्जारुल अन्सारी छन् भने सचिवमा विनोद विश्वकर्मा रहेको छन् । समितिको सदस्यहरुमा प्रा.डा. काशीराज पाण्डे, डा. राजेशप्रसाद यादव, नवलकिशोर यादव, प्रीति रमन, सुरेन्द्र कुमार यादव, राधेश्याम विश्वकर्मा, केबी अधिकारी, सुर्य चौलागाई, रामनारायण राय यादव, सच्चितानन्द यादव, रुवि सिंह, स्मिता यादव, ई परशुनारायण यादव, मनोज यादव, शाहीमान राई, बिरेन्द्रप्रसाद यादव, शम्भु चौधरी, सत्यनारायण साह र वीरेन्द्र कुमार यादव रहेका छन् ।

    भेलाले जनकपुरमा एक कार्यक्रम आयोजना गरी महासंघ र घटक संगठनको समिति घोषणा गर्ने निर्णय गरेको छ । तयारी समितिले घोषणाको मिति तय गर्ने छ ।

    भेलाको प्रमुख अतिथि ट्रेड युनियन तथा बौद्धिक पेसाकर्मी संयुक्त संयन्त्रका प्रमुख रणध्वज कन्दङ्वा थिए भने विशेष अतिथि प्रचार विभाग प्रमुख पूर्ण बस्नेत थिए ।

    कार्यक्रममा समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन लम्साल, संघीय कानुन व्यवसायी एशोसिएसनका अध्यक्ष दीपक राई, प्रेस मञ्च नेपालका अध्यक्ष कमन देवानले आफ्ना धारणा राखेका थिए ।

    ट्रेड युनियन तथा बौद्धिक पेसाकर्मी संयुक्त संयन्त्रका उपप्रमुख डा. उमाशंकर साहको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन मञ्जारुल अन्सारीले गरेका थिए भने डा. दिलिप यादवले स्वागत गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend