logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • परराष्ट्रमन्त्रीसँग कोरियाका राष्ट्रपतिका सल्लाहकारको भेटवार्ता

    परराष्ट्रमन्त्रीसँग कोरियाका राष्ट्रपतिका सल्लाहकारको भेटवार्ता

    2K
    Shares
    परराष्ट्रमन्त्रीसँग कोरियाका राष्ट्रपतिका सल्लाहकारको भेटवार्ता

    काठमाडौँ । परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग गणतन्त्र कोरियाका राष्ट्रपतिका सल्लाहकार सुङ मिन जङले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

    भेटमा मन्त्री डा पौड्यालले गणतन्त्र कोरिया र नेपालबीचको घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको शिक्षा, स्वास्थ्य, पर्यटन, बौद्ध दर्शन र सांस्कृतिका आदानप्रदानलगायतका क्षेत्रमा सहकार्य अघि बढाउन कोरियन सरकारलाई आग्रह गरिन् ।

    सो अवसरमा सल्लाहकार सुङले इपिएसअन्तर्गत १५ हजारभन्दा बढी नेपाली कोरियामा रोजगारीमा रहेको उल्लेख गर्दै नेपालीको परिश्रमबाट कोरियन सरकार प्रभावित रहेको बताए । उनले परराष्ट्रमन्त्री डा पौड्याललाई कोरियन लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको समेत अवगत गराए ।

    पररष्ट्रमन्त्रीसँग कतारका राजदूत भेट

    आजै परराष्ट्रमन्त्री डा पौड्यालसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैल शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उनीहरूबीच दुई देशबीचको आपसी हितका विविध पक्षमा छलफल भएको मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend