काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटवार्ताको क्रममा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृति लगाएतका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।