logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • यातायात व्यवसायीसँग तनावपछि बालाजुका डीएसपी विष्टलाई जिम्मेवारीबाट हटाइयो

    यातायात व्यवसायीसँग तनावपछि बालाजुका डीएसपी विष्टलाई जिम्मेवारीबाट हटाइयो

    1.4K
    Shares
    यातायात व्यवसायीसँग तनावपछि बालाजुका डीएसपी विष्टलाई जिम्मेवारीबाट हटाइयो

    काठमाडौं । यातायात व्यवसायीको आन्दोलनका कारण सोमबार सिर्जना भएको तनावपछि प्रहरी प्रहरी वृत्त, बालाजुका प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई जिम्मेवारीबाट हटाइएको छ ।

    आन्दोलनका क्रममा बालाजु प्रहरी प्रमुख डीएसपी रविन विष्ट चढ्ने बा २ झ १४४ नम्बरको गाडी तोडफोड र आगजनी भएको थियो । बालाजु प्रहरीको बा १ झ ७२२४ नम्बरको गाडी पनि तोडफोड भएको थियो ।

    सोमबार माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले प्रहरी वृत्त बालाजुको स्वामित्वमा रहेको दुईवटा गाडी जलाएका थिए । डिएसपी बिस्टमाथि प्रहरीको गाडी जल्दा पनि स्थिति नियन्त्रणमा लिन नसकेको आरोप छ ।

    घटनापछि देखिएको आवश्यकता अनुसार सुरक्षा व्यवस्था मजबुत बनाउन उपत्यका प्रहरी कार्यालयले विष्टलाई जिम्मेवारीबाट हटाएको हो । उनको ठाउँमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend