logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • गोंगबु बसपार्कको घटना निपक्ष छानबिन होस् : नेपाली कांग्रेस

    गोंगबु बसपार्कको घटना निपक्ष छानबिन होस् : नेपाली कांग्रेस

    2.6K
    Shares

    काठमाडौँ — गोंगबु बसपार्कमा सोमबार भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले माग गरेको छ ।

    संसद्‌मा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका प्रवक्ता तथा सांसद प्रकाशशरण महतले गोंगबुमा भएको मोबाइल पसल लुटपाटलगायत विषयमा सरकारले तत्काल छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

    सांसद महतले प्रतिनिधिसभा बैठकमा नयाँ बसपार्कमा भएको घटनाले गम्भीर बनाएको बताए । गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीले लिएको अवस्थामा भएको उक्त घटनाको छानबिन गर्न महतले माग गरे । उनले भने प्रधानमन्त्री स्वयं सुरक्षा र गृहप्रशानसको नेतृत्वमा हुनुहुन्छ । साना व्यवसाय गरेर बसेका मोबाइल पसलहरूमा दिनदहाडै लुटपाट मच्चिएको छ ।  उनले भने,’यातायात मजदुरका जायज समस्याहरूको समाधान हुनुपर्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend