logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • गोंगबुमा प्रहरीको गाडी तोडफोड गरी आगजनी गर्ने ६ जना पक्राउ

    गोंगबुमा प्रहरीको गाडी तोडफोड गरी आगजनी गर्ने ६ जना पक्राउ

    2.7K
    Shares
    गोंगबुमा प्रहरीको गाडी तोडफोड गरी आगजनी गर्ने ६ जना पक्राउ

    काठमाडौँ । सोमबार यातायात मुजदुर संघ तथा संगठनले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

    उनीहरूको साथबाट डिजिटल घडी, एयरफोन, मल्टिप्लग, मोबाइल, रिचार्ज कार्ड, चार्जरसहितका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद मागेर अनुसन्धान गरिरहेको जनाएकोछ । घटनामा संलग्न अन्य व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर सोधपुछको काम भइरहेको प्रहरीले जनाएको छ ।

    यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई आज निर्देशन दिएका थिए ।

    बुधबार दिउँसो सुरक्षा अंगका प्रमुखहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कार्वाही गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशन लगत्तै प्रहरीले उनीहरुको खोजबिन गरेको थियो ।

    यी हुन् पक्राउ पर्नेहरू


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend