काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ग्यास विस्फोटमा परी घाइते भएका कांग्रेस नेता चन्द्र भण्डारी र उनको आमाको उपचारमा कुनै कमी नहोस् भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
आज बिहान प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर उपचारबारे सचेत गराएका हुन् ।
उनले लेखेका छन्, ‘प्रिय चन्द्र भण्डारी दाइ, म अन्तरआत्मा देखि नै तपाईं र ममतामयी आमाको स्वास्थ्य लाभको कामना गर्दछु। तपाईंको उपचारमा कुनै कमी नहोस् है भनेर भर्खरै प्रधानमन्त्री ज्यु लाई पनि विनम्र अनुरोध गरेको छु। सिङ्गो पार्टी समेत तपाईंको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ।’