logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • ब्राजिलमा जेलमा आगलागी हुँदा ३ जनाको मृत्यु, ४३ जना घाइते

    ब्राजिलमा जेलमा आगलागी हुँदा ३ जनाको मृत्यु, ४३ जना घाइते

    2.1K
    Shares
    ब्राजिलमा जेलमा आगलागी हुँदा ३ जनाको मृत्यु, ४३ जना घाइते

    एजेन्सी । ब्राजिलको दक्षिणी कारागारमा आगलागीमा परी कम्तीमा तीन कैदीको मृत्यु भएको छ । उक्त घटनामा अन्य ४३ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।

    सान्ता क्याटारिना राज्यको फ्लोरियानो पोलिस राज्यको कारागारको एउटा कोठामा रहेको एउटा डसना (गद्दा)बाट आगलागी सुरू भएकोे पेनिटेन्टियरी अफेयर्स कमिसनका प्रमुख विलियम शिन्जाटोले जानकारी दिए ।

    ब्राजिलको बार एशोसिएशन अर्डर अफ लयर्सका अनुसार तीनै जनाको मृत्यु धुवाँले निस्सासिएर भएको पुष्टि भएको छ ।

    ब्राजिलको ग्लोबोन्यूज अनलाइन पत्रिकाका अनुसार आगो नियन्त्रणमा लिइएको र जेलको अन्य भागमा फैलिएको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend