logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • पूर्वी चीनमा भवनमा आगलागी हुँदा ६ जनाको मृत्यु, २८ जना घाइते

    पूर्वी चीनमा भवनमा आगलागी हुँदा ६ जनाको मृत्यु, २८ जना घाइते

    1.8K
    Shares
    पूर्वी चीनमा भवनमा आगलागी हुँदा ६ जनाको मृत्यु, २८ जना घाइते

    एजेन्सी । पूर्वी चीनको जियाङ्सु प्रान्तमा बिहीबार बिहान एक भवनमा आगलागी हुँदा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

    उक्त घटनामा अन्य २८ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।

    सुझोउ शहरको सियाङचेङ जिल्लाको वेइटाङ बजारमा बिहान ६ः०७ बजे भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

    आगलागीका कारण भएका घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । घाइतेमध्ये दुई जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा सम्लग्न चिकित्सकले जनाएका छन् ।

    दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend