logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • बालाजु घटनामा संलग्न थप २३ जना पक्राउ

    बालाजु घटनामा संलग्न थप २३ जना पक्राउ

    2.4K
    Shares
    बालाजु घटनामा संलग्न थप २३ जना पक्राउ

     

    काठमाडौं । बालाजुस्थित माछापोखरीमा प्र्रहरीको गाडीमा आगजनी गर्ने र ल्होत्से मलबाट मोबाइल लुटेको आरोपमा प्रहरीले थप २३ जनालाई पक्राउ गरेको छ । हालसम्म गाडी आगजनी गरेको आरोपमा पक्राउ पर्नेको संख्या २९ पुगेको छ ।

    मोबाइल लुटेको आरोपमा पक्राउ पर्नेकाे संख्या ११ पुगेको छ ।

    पक्राउ पर्नेमा लमजुङ घर भएका गणेशकुमार श्रेष्ठ, कास्की घर भएका विक्रम नेपाली, गोरखाका आकाश भुजेल, कास्कीका सुमन श्रेष्ठ, नुवाकोटका सुमन लामा, गोरखाका विजय मगर र नुवाकोट शिवपुरी घर भएका रन्जित कुमार तामाङ छन् ।

    तार्केश्वर घर भएका संगिता खड्गी, नुवाकोटका रवि तामाङ, कैलालीको प्रकाश क्षेत्री, धादिङका ईलाराज गुरुङ, सिन्धुली घर भएका इन्द्र तामाङ र काठमाडौँ घर भएका माधव शाहीलाई पक्राउ गरिएको एसपी रिजालले जानकारी दिए ।

    उदयपुरका राजन रावत, काभ्रेका शरण तामाङ, काभ्रेकै सुजन मगर, बालाजु घर भएका रोमन नगरकोटी, नुवाकोटका सुनील कालिकोटे, नुवाकोटकै सुदिप तामाङ, धादिङका विकास गुरुङ, चितवनका संविधान परियार, नुवाकोटका केश राई र तार्केश्वर घर भएका कविन खड्गीलाई प्रहरीले पक्राउ गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend