logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • राष्ट्रपति निर्वाचनले कांग्रेसमा एकता

    राष्ट्रपति निर्वाचनले कांग्रेसमा एकता

    2.9K
    Shares
    राष्ट्रपति निर्वाचनले कांग्रेसमा एकता

    काठमाडौँ । राष्ट्रपति निर्वाचनका कारण नेपाली कांग्रेसभित्र मतभेद साँघुरिँदै गएको छ । पुस २६ गते पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिन नहुने पक्षमा रहेका नेताहरूसमेत अहिले माओवादीलाई विश्वासमा लिएर नयाँ राष्ट्रपति कांग्रेसको पक्षमा पार्ने रणनीतिमा जुटेका हुन् ।

    पार्टीभित्रका आन्तरिक विवाद थाँती राखेर कांग्रेस नेताहरू माओवादी केन्द्रलाई विश्वासमा लिन सक्रिय भएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मात्र होइन, अन्य नेताले पनि पार्टीले अघि सारेको उम्मेदवार नै नयाँ राष्ट्रपति बन्ने बताउँदै आएका छन् । उनीहरू प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्र अध्यक्ष दाहालसहितका नेताहरूसँग वार्ता र छलफलमा जुटेका छन् । कांग्रेसमा सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षको निर्णयलाई नमान्न भयमा रहेका दाहाललाई आश्वस्त पार्न इतरपक्षका नेताहरू नै लागेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend