आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

नामिबियाविरुद्ध सन्दीप लामिछानेको उत्कृष्ट बलिङ, नामिबियाका दुवै ओपनर आउट

नामिबियाविरुद्ध सन्दीप लामिछानेको उत्कृष्ट बलिङ, नामिबियाका दुवै ओपनर आउट

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत तेस्रो खेलमा नामिबियाविरुद्ध पनि नेपाली स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । उनले नामिबियाका दुवै ओपनिङ ब्याटरको विकेट लिँदै नेपाललाई खेलमा फर्काएका हुन् ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाविरुद्ध नेपालका सन्दीप लामिछानेले विकेट लिएका हुन् । उनले कार्ल बिर्केनस्टोकलाई २० रनमा आउट गराए । उनले बर्केनस्टकलाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गराएका हुन् ।

यसअघि नामिबियालाई नेपालले दुई विकेटले पराजित गरेको थियो । शुक्रबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend