logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • मन्त्री मोदीद्वारा सिंघिया खोलामा निर्माणाधीन पुलको अनुगमन

    मन्त्री मोदीद्वारा सिंघिया खोलामा निर्माणाधीन पुलको अनुगमन

    1.3K
    Shares
    मन्त्री मोदीद्वारा सिंघिया खोलामा निर्माणाधीन पुलको अनुगमन

    काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले बुढीगंगा र ग्रामथान गाउँपालिकाको सिमानामा पर्ने सिंघिया खोला पुलको निरीक्षण गरेका छन् । आइतबार बिहान निरीक्षणका लागि पुगेका मन्त्री मोदीले पुल निर्माणको काम चाँडो सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिए ।

    “यो पुल यहाँका लागि अत्यन्त आवश्यक पुल हो, मैले दुईपटक चुनाव जितिसके तर यो पुल बनेको छैन, मैले चुनावमा यो पुल जसरी पनि बनाउँछु भनेर जनताका बीचमा कसम खाएको छु, अब ढिलाइ नहोस्, यो पुलको निर्माणकार्य अविलम्ब सम्पन्न होस् ।” मन्त्री मोदीले भने ।

    वि.स. २०५८ मा शिलान्यास भएको यो पुल हालसम्म पनि बन्न सकेको छैन । शिलान्यास भए पनि अलपत्र रहेको पुल निर्माणका लागि मन्त्री मोदीले पहलकदमी लिएर निर्माण कार्य आरम्भ गरेका हुन् ।

    पुल निर्माणको काम यही चालु आर्थिक वर्षमा सम्पन्न हुने भएको छ । मन्त्री मोदीको तदारुकताबाट पुल बन्ने भएपछि स्थानीय खुसी बनेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend