logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा चयन हुन्छ : महामन्त्री शर्मा

    कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा चयन हुन्छ : महामन्त्री शर्मा

    1.9K
    Shares
    कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा चयन हुन्छ : महामन्त्री शर्मा

    सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति पदमा कांग्रेसकै उम्मेदवार चयन हुने दाबी गरेका छन् । आज (आइतबार) सुर्खेतमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

    फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि शीतल निवासमा कांग्रेसकै नेतृत्व देखिने उनको दाबी छ । निर्वाचनको समयमा रहेको गठबन्धन बमोजिमकै राष्ट्रपति निर्वाचनमा पनि तालमेल हुने भएकाले कांग्रेस उम्मेदवार नै राष्ट्रपति हुने उनले बताए ।

    गठबन्धन ब्युँताउन आवश्यक परेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै पाँच वर्ष पूर्ण कार्यकाल कायम राख्नेगरी भए पनि काङ्ग्रेसले सहमति जनाउन सक्ने उनले बताए । कांग्रेसबाट राष्ट्रपति उम्मेदवारीका रूपमा सभापति शेरबहादुर देउवासहित रामचन्द्र पौडेल, कृष्ण श्रेष्ठ, गोपालमान श्रेष्ठ र मनबहादुर विश्वकर्मासहितको चर्चा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend