logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • लुम्बिनी प्रदेश सरकार विस्तार

    लुम्बिनी प्रदेश सरकार विस्तार

    3.4K
    Shares
    लुम्बिनी प्रदेश सरकार विस्तार

    लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् तेस्रो पटक विस्तार गरिएको छ । मुख्यमन्त्री लीला गिरीको सिफारिसमा जनता समाजवादी पार्टीका तर्फबाट भण्डारीलाल अहिर आइतबार मन्त्री नियुक्त भएपछि लुम्बिनी प्रदेश सरकार तेस्रो पटक विस्तार भएको हो । उनलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरिएको छ ।

    उनलाई आज मुख्यमन्त्रीको उपस्थितिमा प्रदेश प्रमुख शेरचनले पद तथा गोपनीयताको शपथ गराए । एक साताअघि नेकपा (एमाले)का तर्फबाट कृषिमन्त्री बनेका तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालय हेर्ने गरी जिम्मेवारी तोकिएको छ ।

    त्यस्तै मुख्यमन्त्री गिरीले माओवादी केन्द्रबाट आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्रीको जिम्मेवारी तोक्नुभएका मन्त्री कृष्णा केसीले अहिलेसम्म पदबहाली गरेकी छैनन् । उनको पदबहाली नभएसम्म आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्रीको जिम्मेवारी खानेपानी, ग्रामीण तथा सहकारीमन्त्री चेतनारायण आचार्यलाई तोकिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend