logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • पर्वत अस्पतालमा शल्यक्रिया सेवा पुनः सञ्चालन

    पर्वत अस्पतालमा शल्यक्रिया सेवा पुनः सञ्चालन

    1.9K
    Shares
    पर्वत अस्पतालमा शल्यक्रिया सेवा पुनः सञ्चालन

    पर्वत । पर्वत अस्पतालमा केही समयदेखि अवरुद्ध बनेको शल्यक्रिया सेवा पुनः सञ्चालन गरिएको छ ।

    वैकल्पिक जनशक्ति नहुँदा झण्डै एक महिनादेखि शल्यक्रिया सेवा रोकिएकामा राससबाट गत बिहीबार समाचार प्रकाशन भएपछि शुक्रबारदेखि पुनः सेवा सुरु गरिएको हो । अस्पतालमा कार्यरत एमडिजिपी हेमन्त बाँस्तोला तालिममा रहेका कारण उक्त सेवा रोकिएको थियो ।

    शुक्रबार सेवा प्रदान गरेसँगै अस्पतालले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ६५ गर्भवतीको शल्यक्रिया गरी बच्चा निकालेको अस्पताल प्रमुख रुक्मणी अधिकारीले जानकारी दिइन् ।

    अस्पतालमा कार्यरत एमडिजिपी हेमन्त बाँस्तोला र दुई सुरक्षित गर्भपतनसम्बन्धी नर्स तालिममा खटिएका कारण शल्यक्रिया सेवा बन्द भएकामा चिकित्सकको उपस्थितिसँगै फागुन ५ गते साँझ विहादी गाउँपालिका–४ निवासी बबिता भट्टराईको शल्यक्रिया गरिएको थियो ।

    यसअघि विशेषज्ञको अभावमा सामान्य प्रसूति सेवाले निरन्तरता पाए पनि शल्यक्रिया गर्नुपर्ने जटिल प्रकारका गर्भवतीलाई पोखरालगायत ठूला अस्पतालमा पठाउने गरिएको थियो । अस्पतालमा अहिले डा. हेमन्त बाँस्तोला र डा.मनिष सिंहको प्रत्यक्ष निगरानीमा जटिल प्रकृतिका गर्भवतीको शल्यक्रियामार्फत बच्चा जन्माउने कार्य भइरहेको छ ।

    साथै हर्निया, हाइड्रोसिल, एपेन्डिक्सलगायत बिरामीले पनि शल्यक्रिया सेवा पाएका छन् । जिल्लाको एकमात्र सुविधा सम्पन्न अस्पतालमा वैकल्पिक जनशक्ति नहुँदा बेला बेलामा सेवा अवरुद्ध हुने गरेको छ ।

    जिल्लाका सातवटै पालिकाका साथै छिमेकी बागलुङको दक्षिण क्षेत्र र पर्वतसँग सिमाना जोडिएका कास्की र स्याङजाका नागरिकले समेत यो अस्पतालबाट सेवा लिँदै आएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend