logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • उमेर विवादका कारण डीआईजी अशोक सिंहले दिए राजीनामा

    उमेर विवादका कारण डीआईजी अशोक सिंहले दिए राजीनामा

    1.9K
    Shares
    उमेर विवादका कारण डीआईजी अशोक सिंहले दिए राजीनामा

     

    काठमाडौँ । नेपाल प्रहरीका डीआईजी अशोक सिंहले राजीनामा बुझाएका छन् । डीआईजी सिंहले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन् ।

    डीआईजी सिंहको उमेर विवादका कारण राजीनामा दिएका हुन् । २०४२ जेठ २२ मा जारी उनको नागरिकतामा सिंहको उमेर १८ वर्ष उल्लेख गरिएको छ ।

    शैक्षिक योग्यताको प्रमाणपत्रमा सिंहको जन्ममिति २०२५ साल पुस १६ उल्लेख छ ।

    बढुवाका लागि रस्साकस्सी चलिरहेका बेला सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक-फरक भेटिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो । जन्ममिति विवाद सार्वजनिक भएपछि सिंह राजीनामा दिएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend