logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पारदर्शी भएर प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री जम्मट्टेल

    पारदर्शी भएर प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री जम्मट्टेल

    2.2K
    Shares
    पारदर्शी भएर प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री जम्मट्टेल

    हेटौडा । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले जनउत्तरदायी र पारदर्शीतामा आधारित भएर काम गर्दै जनतालाई सूचनाको हकको पहुँच बढाउने बताएका छन् ।

    राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘प्रदेशस्तरीय खुला शासन राष्ट्रिय विचार गोष्ठी’मा उनले राजनीतिक अवस्थाले शासन प्रणालीको निक्क्र्यौल गर्ने बताए । उनले सरकारले आफ्नो कार्यशैली परिवर्तन गर्ने अवस्था रहेको जनाए । सरकारले जुन समुदायका लागि काम गर्न लागेको छ उक्त समुदायको सहभागितामा काम गर्नुपर्ने उनको भनाइ छ ।

    सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले सुशासन र पारदर्शीतामा काम गरिरहेको जनाउँदै जनताले सरकारको निगरानी राख्न पनि सूचनाको हक आवश्यक रहेको बताए । व्यवस्था नै परिवर्तन भइसक्दा पनि प्रदेशमा सूचनाका लागि पुरानो प्रणाली प्रयोग गर्नु परेको उल्लेख गर्दै आयुक्त मैनालीले अब भने नयाँ कानुन निर्माण गर्न सरकारसमक्ष मागसमेत गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend