logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • मधेशका मुख्यमन्त्रीलाई सहयोग गर्न जसपाले गठन गर्यो परामर्श समिति

    मधेशका मुख्यमन्त्रीलाई सहयोग गर्न जसपाले गठन गर्यो परामर्श समिति

    2.2K
    Shares
    मधेशका मुख्यमन्त्रीलाई सहयोग गर्न जसपाले गठन गर्यो परामर्श समिति

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेश सरकारका मुख्य मन्त्रीलाई पार्टीको तर्फबाट आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न पार्टीका कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरेको छ ।

    समितिको सदस्यहरुमा गोवीन्द चौधरी, दीपक कार्की, लालकिशोर साह छन् भने मुख्यमन्त्री सरोजकुमार यादवले समितिको सचिव भई कार्य गर्ने छन् ।

    समितिले पार्टीको निर्देशन अनुसार मुख्यमन्त्रीलाई समय समयमा आवश्यक सल्लाह सुझाव र सहयोग गर्नुका साथै पार्टी र सरकारबीचको समन्वय गर्ने कार्य गर्नेछ ।

    केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेका निर्णयहरु कार्यान्वयनका लागि जसपाले मातहत समितिलाई बुधबार परिपत्र गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend