
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही पुगेका छन् । राष्ट्रपति निर्वाचनबारे कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्न नेपाल धुम्बाराही पुगेका हुन् ।
नेपाल धुम्बाराही पुग्नुअघि नै एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, महासचिव वेदुराम भुसाल, नेता घनश्याम भुसाल धुम्बाराही कांग्रेस नेतासँगको छलफलमा थिए ।
कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा छलफलमा सहभागी छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend