logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपतिमा नेकपा एमालेले उठाएको उम्मेदवारले जित्छ : विष्णु पौडेल

    राष्ट्रपतिमा नेकपा एमालेले उठाएको उम्मेदवारले जित्छ : विष्णु पौडेल

    2.1K
    Shares
    राष्ट्रपतिमा नेकपा एमालेले उठाएको उम्मेदवारले जित्छ : विष्णु पौडेल

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिमा नेकपा (एमाले) ले उठाएको उम्मेदवारले जित्ने दाबी गरेका छन् । बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राष्ट्रपति निर्वाचनमा एमालेले उठाएको उम्मेदवारले जित हासिल गर्ने दाबी गरेका हुन् ।

    उनले वर्तमान सरकार बन्दा नै राष्ट्रपति एमालेले पाउने सहमति भएकाले सोही सहमतिको आधारमा एमाले उम्मेदवारले जित्ने बताए । सत्तारुढ गठबन्धनमा भएको भागबन्डाको सहमति कार्यान्वयन हुने उनले बताए ।

    उनले भने – ‘यो सरकार जुन पृष्ठभुमिको बन्यो । यो सरकार बन्दा जे जस्तो सहमति सरकारमा सहभागि दलहरुका बिचमा बनेको छ । त्यो सहमती नै नेकपा(एमाले)का तर्फबाट अघि सारेको उम्मेदवारको जितको आधार हो । म के कुरामा विश्वस्त छु भने सरकार गठनको पृष्ठभुमिमा सरकारमा सहभागि, सरकारलाई समर्थन गर्ने दलहरुका बीचमा जुन सहमति भएको छ, त्यो सहमति कार्यान्वयन हुन्छ । र नेकपा (एमाले) का तर्फबाट अघि सारिएको राष्ट्रपतिको उम्मेदवारले सानदार ढंगले जित हासिल गर्नुहुन्छ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend