logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  •  मोटरसाइकल दुर्घटना हुदाँ ललितपुरमा एक जनाको मृत्यु

     मोटरसाइकल दुर्घटना हुदाँ ललितपुरमा एक जनाको मृत्यु

    2.1K
    Shares
     मोटरसाइकल दुर्घटना हुदाँ ललितपुरमा एक जनाको मृत्यु

    काठमाडौं । उपत्यकाको ललितपुर महानगरपालिका–१३ कुसुन्तिस्थित सडकमा बा ८७ प ५९०१ र बागमती प्रदेश ०२–००२ प ९३७६ नम्बरका मोटरटसाइकल एक आपसमा ठक्कर खाँदा आज एक जनाको मृत्यु भएको छ ।

    उक्त दुर्घटनामा बाप्र ०२–००२ प ९३७६ नम्बरको मोटरसाइकल चालक धनुषा लक्ष्मीमिया घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २१ वर्षीय शिवम् यादवको मृत्यु भएको प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बा ८७ प ५९०१ नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने सोही मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend