काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा छलफल तथा भेटवार्ता भएको हो ।
यसअघि प्रधानमन्त्री प्रचण्डले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूसँग छलफल गरेका थिए।