आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

अनेरास्ववियू स्ववियु निर्वाचनमा प्रभावकारी रूपमा सहभागी हुने

अनेरास्ववियू स्ववियु निर्वाचनमा प्रभावकारी रूपमा सहभागी हुने

काठमाडौँ । अनेरास्ववियूले आसन्न स्ववियु निर्वाचनमा प्रभावकारी रूपमा सहभागी हुने भएको छ। नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनअनेरास्ववियूको स्थायी कमिटीको दोश्रो पूर्ण बैठकले स्ववियु निर्वाचनको स्वागत गर्दै सशक्त रूपमा भाग लिने निर्णय गरेको जनाएको छ ।
बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सुदेश पराजुलीले शैक्षिक माफियाकरणका विरूद्वमा स्ववियु निर्वाचन हुने र त्यसमा आफ्नो संगठन सशक्त रूपमा सहभागी हुने बताए।

अनेरास्ववियूले स्ववियु निर्वाचन पहिलो पटक फेस गर्न लागेको हो। उक्त निर्वाचनलाई निकै गम्भीर रूपमा लिएको उनको भनाइ छ। स्ववियु निर्वाचनमा अन्य दलहरूसँग पनि तालमेल गरेर अगाडि बढ्न सकिने उनको भनाइ छ। त्यसका लागि तालमेल गर्नेबारे स्थानीय क्याम्पस कमिटीले दिएको सुझाबका आधारमा निर्णय गरने उनको भनाइ छ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend