logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • प्रचण्डले आज ओलीसँग निर्णायक वार्ता गर्ने

    प्रचण्डले आज ओलीसँग निर्णायक वार्ता गर्ने

    2K
    Shares
    प्रचण्डले आज ओलीसँग निर्णायक वार्ता गर्ने

    काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भावी राष्ट्रपतिका लागि लिएर आज निर्णायक बार्ता हुने भएको छ ।

    नेकपा एसका नेता माधवकुमार नेपाललाई भावी राष्ट्रपतिको रुपमा अगाडी सार्न माओवादी, नेकपा एस र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बिच भएको सहमतिका बारेमा जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले ओलीसँग छलफल गर्न लागेका हुन ।

    ‘सबैसँग छलफल चलिराख्या छ, फाइनल भइसकेको छैन । कुन दलले राष्ट्रपति पाउने भन्ने अहिले भइसकेको छैन’, प्रधानमन्त्री प्रचण्डले बुधवार भनेका थिए, ‘भोलि (आज) एमाले अध्यक्षसँग पनि मेरो कुराकानी छ ।’

    ओलिसँग भेट्नु अघि प्रचण्डले नेपाली कांग्रेससँग बिहान ८ बजे छलफल गर्ने बुझिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend