मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

घट्यो सुनको मूल्य, ताेलाकाे कति ?

घट्यो सुनको मूल्य, ताेलाकाे कति ?

काठमाडौं । साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य घटेको छ। शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तोलामा १०० रुपैयाँले घटेपछि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ।

यसअघि बिहीबार भने सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको थियो। बिहीबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५०० र तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा किनबेच भएको थियो।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २७५ रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार भने चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend