logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • तस्करमाथि सशस्त्र प्रहरीको डण्डा, आठ लाख बढीका अवैध समान बरामद

    तस्करमाथि सशस्त्र प्रहरीको डण्डा, आठ लाख बढीका अवैध समान बरामद

    2.9K
    Shares
    तस्करमाथि सशस्त्र प्रहरीको डण्डा, आठ लाख बढीका अवैध समान बरामद

    कञ्चनपुर । गैर कानुनी चोरी तस्करी, भन्सार छली निन्त्रणमा निर्मम बन्दै गएको सशस्त्र प्रहरीले निरन्तर तस्करीजन्य गतिबिधी नियन्त्रण गर्दै आएको छ । सशस्त्र प्रहरीले पछिल्ला दिनहरुमा तस्करीजन्य भन्सार चोरी छलीका गैर कानुनी गतिबिधी नियन्त्रण गर्दै आएको हो ।

    शसस्त्र प्रहरी बल ३५ नम्बर हेडक्वाटर शैलेश्वरी गणले भारतबाट अवैध रुपमा नेपाल भित्र्राईरहेका गैर कानुनी गतिबिधी नियन्त्रण गर्दै तस्करमाथि डण्डा बजाईरहेको छ । जिल्लाका विभिन्न खुला नाकाबाट भन्सार नकाटेरै अवैध रुपमा तस्करीमा समान भ्रित्राईरहेका तस्करमाथि सशस्त्र प्रहरीले डण्डा बजाउँदै अवैध समान नियन्त्रण गर्दै आएको छ ।

    शसस्त्र प्रहरी बल ३५ नम्बर हेडक्वाटर शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावलले जिल्लाका विभिन्न स्थानमा रहेका बोर्डर आवट पोष्ट मार्फत चोरी तस्करी नियन्त्रण गर्दै आएको बताए । सशस्त्र प्रहरी उपरीक्षक रावका अनुसार एक साताको अवधिमा साढे बढीको अवैध समान बरामद गरेर भन्सार चलान गरिएको छ । ७ फागुनदेखि ११सम्म जिल्लाको पुर्नवास नपा ४(घ) गाँउ, ११ डाकेबजार, अमरबस्ती, बेलौरी नपा १ फटैया, ६ नकैया, २ थापाचोक, १० सडकघाट, दोधाराचाँदनी नपा १ गडीगोठ, ३ बडूवाल टोल,जमुनाघारी र भीमदत्त नगरपालिका १० गड्डाचौकी, चौकीसाता, बाँसखेडा लगायतका क्षेत्रबाट अवैध व्यवसायिक समान बरामद गरिएको छ ।

    ८ लाख, ७० हजार, २३४ रुपैया बराबरको अवैध समान बरामद गरेको हो । सशस्त्र प्रहरीले जिल्लाकै भन्सार क्षेत्र गड्डाचौकी, चौकीसाता क्षेत्रबाटै अवैध समान बरामद गरेसंगै तस्कर समुहले भन्सारसंगै सेटिङ्ग गरेको स्थानीय व्यवसायीको भनाई छ । स्थानीय व्यवसायीले भारतबाट ल्याएको समान भन्सार नजिक अघिबाटै अवैध समान बरामद हुँदा भन्सारसंगकै सेटिङ्गमा ल्याएको दावि गरेका छन । कञ्चनपुरका सशस्त्र प्रहरी प्रमुख रावलले निस्वार्थ भएर देश र जनताका लागि सीमा क्षेत्रमा हुने गैर कानुनी गतिबिधीमा निर्मम भएर नियन्त्रण गर्न बिओपी इन्चार्जहरुलाई निर्देशन दिएका छन ।

    विगतमा सशस्त्र प्रहरीले लार्ईन लिएर तस्करी गराउँदै आएको आरोप अहिलेका सशस्त्र प्रहरी कञ्चनपुर प्रमुख रावलले चिर्न लागेका छन् । स्थानीयले सुशासन, राजस्व चुहावट रोक्नका लागि सशस्त्र प्रहरीको अहिलेको भूमिकाले निरन्तरता पाउनुपर्ने सुझाव दिदै आएका छन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend