logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रपतिका लागि तानातान गर्ने होइन, सहकार्य र सहमति हुनुपर्छ : जनार्दन शर्मा

    राष्ट्रपतिका लागि तानातान गर्ने होइन, सहकार्य र सहमति हुनुपर्छ : जनार्दन शर्मा

    1.9K
    Shares
    राष्ट्रपतिका लागि तानातान गर्ने होइन, सहकार्य र सहमति हुनुपर्छ : जनार्दन शर्मा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राष्ट्रपतिका लागि तानातान नभइ सहकार्य र सहमति हुनुपर्ने बताएका छन् । शुक्रवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले राष्ट्रपतिका लागि नेकपा एमाले, नेपाली काँग्रेस लगायत अन्य दलहरुले सहमति गरेर अघि बढ्न आवश्यक रहेको बताए । उनले राजनीतिक खिचातानी, लडाईं लडेर नभइ अब देशको समृद्धिको बाटोमा सबै पार्टी जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

    उनले भने, ‘हामीले एजेण्डाहरुसहित राष्ट्रिय सहमति गर्ने भनेर प्रश्ताव अघि सारेका छौँ । त्यो एमालेसँग पनि छलफल हुन्छ, अरु पार्टीहरुसँग पनि छलफल हुन्छ र अहिले तानातानको अवस्था होइन, सहकार्यको अवस्था हो । सहकार्य गरेर जानुपर्छ, राष्ट्रिय सहमति गर्नुपर्छ । राजनीतिक खिचातानी, लडाईं लडेर होइन, अब देशको समृद्धिको बाटोमा सबै पार्टी जिम्मेवार भएर लाग्नुपर्छ ।’

    सांसद शर्माले आज साँझ बस्ने नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालसहितका राजनीतिक दलहरुको बैठकपछि राष्ट्रपति उम्मेदवारको टुंगो लाग्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend