सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा सांसदहरुले उठाएका विषयहरुको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । शुक्रवार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारले आफूहरुले उठाएका विषयहरुको जवाफ नै नदिएको भन्दै रुलिङ गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका थिए ।

सांसदहरुको आग्रहपछि सभामुख घिमिरेले सरकारलाई संसदमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन निर्देशन गरेका हुन् । उनले भने, ‘मान्य सदस्यहरु, शुन्य समय र विशेष समयमा मान्य सदस्यहरुबाट उठाइएका सवालमा सदनमा जवाफ दिन सरकारलाई म निर्देशन गर्दछु ।’

संसदमा सांसदहरुले सरकारले आफूहरुका प्रश्नको उत्तर नदिएर पन्छिरहेको आरोप लगाएका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend