logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रतिनिधि सभाका सभामुखको प्रेस सल्लाहकारमा शेखर अधिकारी नियुक्त

    प्रतिनिधि सभाका सभामुखको प्रेस सल्लाहकारमा शेखर अधिकारी नियुक्त

    2K
    Shares
    प्रतिनिधि सभाका सभामुखको प्रेस सल्लाहकारमा शेखर अधिकारी नियुक्त

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रेस सल्लाहकारमा पत्रकार शेखर अधिकारी नियुक्त भएका छन् । हाल नेपाल टेलिभिजनको अनलाइन सम्पादक रहेका अधिकारीलाई सभामुख घिमिरेले आज नियुक्त गरेको उनको सचिवालयले जनाएको छ ।

    दुई दशक देखि पत्रकारितामा सक्रिय अधिकारीले रेडियो, छापा र अनलाइन सञ्चार माध्यममा काम गरिसकेका छन् ।

    मोफसल साप्ताहिक, सप्तकोशी एफएम, ब्लाष्ट टाइम्स दैनिक, अनलाइन खबर, ईकान्तिपुर लगायतका सञ्चार माध्यममा काम गरिसक्नुभएका अधिकारीले २०७५ देखि ०७७ सम्म संसद सचिवालयमा सञ्चार विज्ञको रुपमा काम गरेका थिए ।

    मोरङको उर्लाबारी स्थायी घर भएका अधिकारीले पूर्वाञ्चल विश्व विद्यालयबाट आम सञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् ।

    अधिकारी नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको अध्यक्ष र प्रेस चौतारीको केन्द्रीय सदस्य भइसकेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend