logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने जसपाको निर्णय

    राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने जसपाको निर्णय

    1.8K
    Shares
    राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने जसपाको निर्णय

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ ।

    शुक्रबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको सांसद राजकिशोर यादवले जानकारी दिए ।

    ‘आठ दलको सहमति अनुसार कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिको उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ, पार्टीबाट उपराष्ट्रपति को हुने त्यो भने टुंगिएको छैन’ उनले भने ।

    शुक्रबार नै आठ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएलगत्तै बसेको जसपाको बैठकले समर्थन गर्ने औपचारिक निर्णय गरेको हो । कांग्रेस उम्मेदवारलाई औपचारिक रुपमा समर्थन गर्ने जसपा नेपाल पहिलो पार्टी हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend