logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • काँग्रेस वरिष्ठ नेता पौडेलले दिए राष्ट्रपतिमा उम्मेदवारी

    काँग्रेस वरिष्ठ नेता पौडेलले दिए राष्ट्रपतिमा उम्मेदवारी

    2.1K
    Shares
    काँग्रेस वरिष्ठ नेता पौडेलले दिए राष्ट्रपतिमा उम्मेदवारी

    काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले सो पदमा उम्मेदवारी दिएका हुन् ।

    सो अवसरमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ८ राजनीतिक दलका नेताहरु सहभागी भएका थिए ।

    यसअघि एमालेको तर्फबाट पार्टीका उपाध्यक्ष सुवाष नेम्वाङले राष्ट्रपति पदमा उम्मेदवारी दिएका थिए । यही फागुन २५ गते राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend