logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवारको रुपमा उत्तम र सर्वश्रेष्ठ : नेता यादव

    रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवारको रुपमा उत्तम र सर्वश्रेष्ठ : नेता यादव

    2.3K
    Shares
    रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवारको रुपमा उत्तम र सर्वश्रेष्ठ : नेता यादव

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता राजकिशोर यादवले रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवारको रुपमा उत्तम र सर्वश्रेष्ठ रहेको बताएका छन् ।

    उनले पौडेलले संविधान र पदको दुरुपयोग नगर्ने बताए । पौडेलले राष्ट्रपति पदको मर्यादा र गरिमालाई बढाउने नेता यादवको भनाई छ ।

    उनले भने – ‘उहाँ चर्चा भइरहेका उम्मेदवारहरुमा राम्रा उम्मेदवार, उत्तम उम्मेदवार हो । हाम्रो प्रयास थियो यसमा राष्ट्रिय सहमती होस् । अहिले अधिकतम सहमतिको उम्मेदवार उहाँ हुनुहुन्छ । त्यसैले यो व्यवस्था र संविधानको रक्षकको रुपमा उहाँको भुमिका सफल हुन्छ भन्ने सोँचका साथ उम्मेदवार बनाएका हौँ । उहाँ सर्वश्रेष्ठ उम्मेदवार हुनुहुन्छ । अब यो संविधान राष्ट्रपतिबाट पदीय दुरुपयोग हुँदैन । तलमाथि हुँदैन । व्यवस्थाको रुपमा पनि अगाडी जान्छ र उहाँले संविधानको रक्षा गरेर यसलाई समृद्ध बनाएर अगाडी बढ्नुहुन्छ । र पदीय मर्यादा र गरिमालाई उहाँले बढाउनुहुन्छ ।’

    उनले आफूहरुले उपराष्ट्रपतिको उम्मेदवार निश्कलंकित र सबैलाई स्वीकार्य हुनेगरी दिने पनि बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend