logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कृषकलाई कृषि सामग्री हस्तान्तरण

    कृषकलाई कृषि सामग्री हस्तान्तरण

    3K
    Shares
    कृषकलाई कृषि सामग्री हस्तान्तरण

    मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिकाको आयोजनामा व्यावसायिक तरकारी खेती गर्दै आएका कृषक समूहलाई रु १० लाख ७० हजार मूल्य बराबरका विभिन्न कृषि सामग्री हस्तान्तरण गरिएको छ ।

    नगरपालिकाको वडा नं ११ शुक्रबारेमा सूर्य तरकारी पकेट समितिको सहकार्यमा कृषक समूह तथा नगरपालिकाको साझेदारी रकममा आवश्यक कृषि सामग्री हस्तान्तरण गरिएको समितिका अध्यक्ष कृष्ण श्रेष्ठले बताए ।

    कृषकलाई मिनी पावर टिलर, मोटर, पावर स्प्रे, कपडाको पाइप, विभिन्न किसिमका तरकारीका बीउलगायत सामान जनप्रतिनिधि तथा कर्मचारीको सहभागितामा वितरण गरिएको नगर प्रमुख केदारप्रसाद गुरागाईंले जानकारी दिए ।

    उनले व्यावसायिकरूपमा तरकारी खेती गरिरहेका कृषकको सहयोगका लागि नगरपालिकाले विभिन्न कार्यक्रम अघि सारेको उल्लेख गरे । नगरपालिकाको रु पाँच लाख ४० हजार तथा किसानको रु पाँच लाख ३० हजार साझेदारीमा सामग्री किनेर वितरण गरिएको सुन्दरहरैँचा नपाका कृषि शाखा प्रमुख सुदीप भण्डारीले जानकारी दिए ।

    तरकारी पकेटको सार्वजनिक सुनुवाइ अनुगमन तथा कृषि सामग्री हस्तान्तरण कार्यक्रमबाट आफू प्रभावित भएर स्वदेशमा व्यावसायिक तरकारी खेतीबाट मनग्ये आम्दानी गर्न सफल भएको स्थानीय कृषक मोहनलाल श्रेष्ठले बताए । तरकारी पकेट समितिमा हाल ३० किसान आबद्ध छन् । उनीहरूले २५ हेक्टर जमिनमा तरकारी खेती गरिरहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend