आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

सन्दीप लामिछाने यूएई जान पाउने-नपाउनेबारे सर्वोच्चमा आज हुँदैछ सुनुवाइ

सन्दीप लामिछाने यूएई जान पाउने-नपाउनेबारे सर्वोच्चमा आज हुँदैछ सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखला खेल्न यूएई जान पाउने, नपाउनेबारे आज टुङ्गो लाग्नेछ ।

त्रिदेशीय श्रृंखला खेल्न यूएई जान पाउनुपर्ने मागसहित सन्दीपले दायर गरेको निवेदन र उनलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने दुवै रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।

यसअघि अदालतले सन्दीपलाई र्युएइमा खेल्न जाने अनुमति दिन अस्वीकार गरेको थियो । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले लामिछानेको मागबमोजिम अनुमति दिन अस्वीकार गरेको हो ।

नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।

तर, जिल्लाको आदेश उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो ।

 

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend