logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • शान्ति प्रक्रियालाई परिणाममा पुर्‍याउने एजेण्डा बनाउनुपर्छ : बरिष्ठ नेता पौडेल

    शान्ति प्रक्रियालाई परिणाममा पुर्‍याउने एजेण्डा बनाउनुपर्छ : बरिष्ठ नेता पौडेल

    2K
    Shares
    शान्ति प्रक्रियालाई परिणाममा पुर्‍याउने एजेण्डा बनाउनुपर्छ : बरिष्ठ नेता पौडेल

    काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति प्रक्रियाका बाँकी कामहरुलाई टुंगोमा पु¥याउनुपर्ने बताएका छन् । शनिवार नेपाली काँग्रेसका नेता महेन्द्रनारायण निधीको १०१ औँ जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले शान्ति प्रक्रियाका बाँकी कामलाई परिणाममा पु¥याउनुपर्ने बताएका हुन् ।

    उनले शान्ति प्रक्रियालाई परिणाममा पु¥याएर मुलुकमा सुशासन कायम गर्ने कामलाई एजेण्डाको रुपमा अगाडी बढाउनुपर्ने बताए । उनले देशमा लोकतन्त्र आइसकेपछि गाउँ–गाउँमा विकास पुगेको भन्दै ति विकासका कामहरु केही पनि होइनन् भनेर नजरअन्दाज गर्नु नहुने बताए । उनले देशको संविधान र गणतन्त्रलाई संस्थागत गर्नुपर्ने पनि बताए ।

    उनले भने– ‘आज आएर कुनैपनि गाउँ छैन जहाँ यातायातको सुविधा पाएका छैनौँ । जनताको थाप्लोको नाम्लोको भार बिसाएको छ । यो प्रजातन्त्रको देन हो । बहुदलको देन हो । लोकतन्त्रको देन हो । यसलाई केहीपनि होइन भनेर आज फेरि १७ सालका भाषाहरु जो प्रयोग हुँदैछन्, त्यो नेपाली जनताले सहन सक्ने विषय पनि होइनन् । यतापट्टी हामी सावधान पनि हुनुपर्छ । आज देशमा शान्ति प्रक्रियालाई हामीले टुंगोमा पु¥याउनुछ । यो संविधानलाई संस्थागत गर्नुछ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुछ । र यो मुलुकमा शान्ति प्रक्रियालाई परिणाममा पु¥याएर, मुलुकमा सुशासन कायम गरेर, मुलुकको उन्नतिलाई अगाडी बढाउन हामीहरुले विशेष रुपमा अहिलेको एजेण्डाको रुपमा हामीले यसलाई लिएर जानुपर्छ ।’

    वरिष्ठ नेता पौडेलले नेपालको राजनीतिमा राष्ट्रवादलाई प्रजातन्त्रको बिरुद्धमा प्रयोग गर्न खोजिएको बताए । उनले राष्ट्रवादको नारा खेती गर्ने विषय नभएको बताए । उनले अलोकतान्त्रिक शक्तिहरुले लोकतन्त्रवादीहरुलाई अराष्ट्रवादी भन्दै आएको उल्लेख गर्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे । देशको स्वतन्त्रता, अखण्डता र स्वाभिमानलाई उचो राख्न लोकतन्त्रवादीहरुको योगदान रहेको बताए ।

    उनले भने – ‘नेपालको राजनीतिमा राष्ट्रवादलाई प्रजातन्त्रको बिरुद्धमा प्रयोग गर्ने कोशिस भएको छ । सबैभन्दा ठूलो बिडम्बना २०१७ सालको घटना यो राष्ट्रको विकास र भाग्यमाथि सबैभन्दा ठूलो हमला थियो । त्यसलाई विपीले राष्ट्रघाती काण्ड भन्नुहुन्थ्यो । त्यो काण्ड घटाउनेले राष्ट्रवादको हतियार प्रयोग गरेर लोकतन्त्रमाथि प्रहार गरेको थियो । लोकतन्त्रमाथि कसरी राष्ट्रियताको प्रहार हुन्छ ? वास्तवमा राष्ट्रवाद भन्नुहोस्, देशभक्ति भन्नुहोस्, यो खेती गर्ने विषय होइन राष्ट्रवादको नारा । हाम्रो रगतका अणु, अणुमा सञ्चारित हुने विशेष शक्ति हो । जुन शक्तिले हाम्रो देशलाई विर बलभद्र जस्ता मान्छेहरु जन्माएको छ । बिपी कोईरालाजस्ता मान्छेहरु जन्माएको छ । नेपालमा प्रजातन्त्रको लडाँइ नभएको भए, नेपालमा स्वतन्त्रताको इनक्लाव नउठेको भए नेपालको स्वतन्त्रता रहन्थ्यो कि रहन्थेन, अहिले वहश गर्ने विषय छ । म वहश गर्न तयार छु । अलोकतान्त्रिक शक्तिहरुले लोकतन्त्रवादीहरुलाई अराष्ट्रवादी भन्दै आएको कथा सुन्दा सुन्दा मेरो कान टट्याइरहेको छ । नेपाल राष्ट्रको स्वतन्त्रता र अखण्डतालाई अक्षुण राख्नका लागि, नेपाली जनताको स्वाभिमानलाई उचो राख्नका लोकतन्त्रवादीको योगदानलाई नेपाल र नेपालीले सम्झनुपर्छ ।’

    उनले सच्चा प्रजातन्त्रवादीहरु नै राष्ट्रवादी हुने बताए । प्रजातन्त्रवादी नभएको मानिस राष्ट्रवादी भए नभएको विषयमा शंका उत्पन्न हुने उनको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend