मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

वामपन्थीहरूबीच एकता गर्नु नै देशको आवश्यकता हो : झलनाथ खनाल

वामपन्थीहरूबीच एकता गर्नु नै देशको आवश्यकता हो : झलनाथ खनाल

सुर्खेत । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता आवश्यक रहेको बताएका छन्। सत्ता मोहमा रूमलिएका विभिन्न दलहरूको स्वार्थका कारण वाम एकता नभएको उनले बताए।

‘अहिले वामपन्थीहरूबीच एकता गर्नु नै देशको आवश्यकता हो। वामपन्थीहरू एक ठाउँमा आउने हो भने प्रगतिशील नीति ल्याउन सकिन्छ,’ सुर्खेत विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘तर वामपन्थी दलभित्रै दक्षिणपन्थ छ, त्यसैले एकता हुन सकेको छैन।’

अहिलेको सत्ता गठबन्धनले मुलुकमा गुणात्मक परिवर्तन ल्याउने सम्भावना आफूले नदेखेको उनले बताए।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend