logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ‘प्रदेश नं १ मा राप्रपाले तत्काल सरकार नछाड्ने’

    ‘प्रदेश नं १ मा राप्रपाले तत्काल सरकार नछाड्ने’

    2.2K
    Shares
    ‘प्रदेश नं १ मा राप्रपाले तत्काल सरकार नछाड्ने’

    काठमाडौं । प्रदेश नं १ सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल नबाहिरिने भएको छ ।

    राष्ट्रिपति निर्वाचनका विषयलाई लिएर केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण राप्रपाले शनिबार सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

    सोही निर्णयअनुसार राप्रपा सङ्घीय सरकार र केही प्रदेश सरकारबाट बाहिरिएको छ । प्रदेश नं १ मा भने तत्काल राप्रपाले सरकार नछाड्ने भएको हो । राप्रपा संसदीय दलका नेता तथा उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेश नं १ को राजनीतिक अवस्थाका कारण सरकार छाडिहाल्नुपर्ने परिस्थिति नभएको बताए । उनले भने, “प्रदेश नं १ को राजनीति विशिष्टिकृत छ,त्यसैले तत्काल सरकारबाट छाड्ने परिस्थिति बनेको छैन ।”

    आज बेलुका पार्टीको प्रदेश समितिको बैठक बस्ने तयारी भएको पनि उनले जानकारी दिए । प्रदेश नं १ प्रदेशसभामा राप्रपाका छ सदस्य छन् । राप्रपाले नेकपा (एमाले) सँग सहकार्य जारी रहने बताएको छ । एमाले र राप्रपा मिल्दा प्रदेशमा ४६ सदस्य छन् । कूल ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सदस्य चाहिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend