logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

    सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

    2.5K
    Shares
    सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको बहस नसकिएपछि मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

    लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

    सन्दीपले दायर गरेको मुद्दासँगै नेपाल सरकारले उच्च अदालतले धरौटीमा छाड्ने आदेशविरुद्ध दायर गरेको मुद्दा पनि लगाउमा राखेर सुनुवाइ गरिएको थियो । गत शुक्रबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दुवै मुद्दालाई लगाउमा राखेर सुनवाइ गर्न आदेश दिएका थिए ।

    उनीविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधिन छ । तर पाटन उच्च अदालतले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेशमा विदेश जान पनि सरकारको अनुमति लिनुपर्ने उल्लेख छ ।

    त्यसविरुद्ध महान्यायाधिवक्ताको कार्यालय निवेदन पेश गरेको थियो । सन्दीपले पनि आफू क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend