logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एसिड आक्रमणमा परेकालाई सम्मान गर्दै थापाले भने हिंसाका गतिविधि अन्त गर्नुपर्छ

    एसिड आक्रमणमा परेकालाई सम्मान गर्दै थापाले भने हिंसाका गतिविधि अन्त गर्नुपर्छ

    2.7K
    Shares
    एसिड आक्रमणमा परेकालाई सम्मान गर्दै थापाले भने हिंसाका गतिविधि अन्त गर्नुपर्छ

    भक्तपुर । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले समाजमा हुने हिंसाका गतिविधि अन्त्यका लागि समाजको रूपान्तरण आवश्यक भएको बताएका छन् । बाल तथा युवा सरोकार नेपालले आयोजित एसिड आक्रमण तथा अशक्तताका बाबजुद सक्षम बालबालिकाहरूको सम्मान कार्यक्रममा सांसद थापाले समाजलाई रूपान्तरण गर्न सके मात्र हिंसाका घटना अन्त्य हुने र समाजमा अशक्तलाई हेर्ने नजर परिवर्तन हुने बताएका हुन् ।

    उनले राज्यले कानुन बनाएर समाजमा हुने हिंसाका घटनालाई नियन्त्रण गर्नुपर्ने बताउँदै अशक्त सबैलाई सक्षम र सबल बनाउने अभियानका साथ नीति नियम ऐन कानुन बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।

    देशको राजनीतिक क्षेत्र अशक्त बन्दै गएको टिप्पणी गर्दै उनले राजनीतिक क्षेत्र सशक्त बनाएर अघि बढ्न सके मात्र मुलुकको कुनै पनि क्षेत्रका आम नागरिकले शारीरिक अशक्तका बाबजुद सक्षम र सबल नागरिकको जीवनयापन गर्न सकिने बताए ।

    उनले जन्मँदै कोही शारीरिकरुपमा अशक्त भएता पनि समाजका हरेक नागरिक कुनै न कुनै रूपले अशक्त नै हुने बताए । जन्मँदै कोही शारीरिक रूपमा अशक्त जन्मन सक्छ तर हामी कोही राजनीतिक रूपमा अशक्त छौँ, सामाजिक अशक्त छौँ र मानसिकरुपमा अशक्त छौँ ।

    उनले राज्यले कानुन बनाएर समाजमा एसिड आक्रमणमा परेका र शारीरिकरुपमा अशक्तहरूको सम्मानपूर्वक जीवनयापन गर्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने र उनीहरूको शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिए ।

    एसिड आक्रमणमा परेर र शारीरिकरुपमा अशक्तहरूले संसारमा ठुलो प्रगति गरेको उदाहरण थुप्रै भएको चर्चा गर्दै सांसद थापाले हाम्रो जस्तो सामाजिक परिवेशमा एसिड आक्रमणमा परेर र शारीरिकरुपमा अशक्तहरूले जसरी समाजमा सङ्घर्ष गरिरहेको छ, त्यो अत्यन्त बहादुरीपूर्ण र साहसी कार्य भएकोले सबैले उनीहरूलाई सम्मान गर्नुपर्ने धारणा राखे ।

    सो अवसरमा सांसद थापाले एसिड आक्रमणमा परेका जेनी खड्का, मुस्कान खातुन, बसन्ती परियार र पवित्रा कार्कीलाई नगदसहित सम्मान गरेका थिए । साथै उहाँले प्राकृतिकरुपमा शारीरिक अशक्त भइकन पनि शिक्षा हासिल गरी समाजमा एक सक्षम नागरिकको रूपमा जीवनयापन गर्न सङ्घर्ष गरिरहेका एक दर्जन बालबालिकाहरूलाई सम्मान गरे ।

    कार्यक्रम एसिड आक्रमणमा परेकी जेनी खड्काले एसिड आक्रमणमा परेकाहरू पीडित नभएको धारणा राख्दै उनीहरुपनि यही समाजमा सक्षम सरह जीवनयापन गरिरहेको बताए । उनले सार्वजनिकरुपमा एसिड आक्रमणमा परेकाहरूलाई हेर्ने नजर परिवर्तन हुनुपर्नेमा जोड दिँदै समाजमा दया मायाको भावले गरिने व्यवहारले उनीहरूमा मनोवैज्ञानिक असर पर्ने गरेको बताए ।

    आयोजक संस्थाका अध्यक्ष प्रमोद पौडेलले एसिड आक्रमणकारीलाई मानवीय संवेदनाहीन आततायी मानिसको संज्ञा दिँदै उच्च शिक्षा हासिल गर्नुका साथै समाजमा केही गरेर देखाउने अठोटका साथ सङ्घर्षरत एसिड आक्रमणमा परेका र शारीरिकरुपमा अशक्तहरूलाई प्रेरणाको स्रोतको रूपमा सम्मान गरेको बताए ।

    कार्यक्रममा जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दीपक थापा, सूर्य विनायक नगरपालिका वडा नं. ५ का स्थानीय समाजसेवी राजेश तजलेगायतले सुन्दरतालाई बाहिरी आवरणले होइन भित्री आवरणले मापन गर्नुपर्छ भन्ने उदाहरण एसिड आक्रमणमा परेका र शारीरिकरुपमा अशक्तहरू भएको चर्चा गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend