logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सन्दीपले विदेशबाट फर्केपछि अदालतलाई जानकारी गराउनुपर्ने

    सन्दीपले विदेशबाट फर्केपछि अदालतलाई जानकारी गराउनुपर्ने

    2K
    Shares
    सन्दीपले विदेशबाट फर्केपछि अदालतलाई जानकारी गराउनुपर्ने

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले विदेशबाट फर्किएको १५ दिनभित्र अदालतलाई जानकारी गराउनु पर्ने भएको छ। सर्वोच्चले सन्दीपलाई क्रिकेट खेल्न जान अनुमति दिँदै फर्केपछि भने १५ दिनभित्र काठमाडौँ जिल्ला अदालतमा जानकारी गराउन आदेश दिएको हो ।

    न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले मुद्दाको छिटो टुंगो लगाउन आदेश पनि दिएको छ ।

    सर्वोच्च अदालतले क्रिकेटर लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गरेको छ । साथै उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ ।

    न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८ पुसको आदेश सदर गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend