सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

चार कम्युनिष्ट पार्टीको बैठकले गर्‍यो चार दलीय कार्यदल गठन

चार कम्युनिष्ट पार्टीको बैठकले गर्‍यो चार दलीय कार्यदल गठन

काठमाडौँ । चार कम्युनिष्ट पार्टीको बैठकले क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा निर्मित र क्रियाशील संयुक्त मोर्चालाई गुणात्मकता प्रदान गर्न चार दलीय कार्यदल गठन गरेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको चार दलका प्रमुख नेताको बैठकले संयुक्त मोर्चाको स्वरुप र कार्यक्रमसम्बन्धी अवधारणा तयार गरी चार दलको आगामी बैठकमा पेश गर्न कार्यदल गठन गरेको हो ।

कार्यदलमा नेकपाका नेता खड्कबहादुर विश्वकर्मा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट नेता कर्णजित बुढाथोकी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका नेता जागृत रायमाझी र नेकपा माओवादी समाजवादीका नेता आरवी भण्डारी रहेका छन् । चार पार्टीको अर्को बैठक यही फागुन १८ गते बस्ने तय भएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend