logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

    ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

    2.1K
    Shares
    ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

    नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गए राति ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ।

    विनयी त्रिवेणी गाउँपालिका-४ देउराली-सर्दी भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी–४ का १३ वर्षीय बविन क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए।

    दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु४त ३०४६ नंको ट्याक्टर आफैँ अनियन्त्रित भएर सडक छेउमा पल्टन जाँदा तीन जना घाइते भएकामा क्षेत्रीको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको हो।

    दुर्घटनामा परी घाइते भएका थप दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी पाठकले जानकारी दिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend