logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • जसपाको प्रदेश नं १ को अध्यक्षमा दीपक याक्खा चयन

    जसपाको प्रदेश नं १ को अध्यक्षमा दीपक याक्खा चयन

    2.5K
    Shares
    जसपाको प्रदेश नं १ को अध्यक्षमा दीपक याक्खा चयन

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको प्रदेश नं १ को अध्यक्षमा दीपक याक्खा चयन भएका छन् ।
    प्रदेश कार्यालय इटहरीमा मङ्गलबार बसेको प्रदेश समितिको पूर्ण बैठकबाट उनलाई अध्यक्ष चयन गरिएको हो । उनी यस अघि समितिको उपाध्यक्ष रहेर कार्य गरेका थिए ।

    प्रदेश समितिले सोमबार र मङ्गलबार गरी दुई दिन बैठक र प्रशिक्षणको आयोजना गरेको थियो ।
    सोमबार आयोजित प्रशिक्षण कार्यक्रममा पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई, कार्यकारिणी समिति सदस्यहरु रकम चेम्जोङ, रणध्वज कन्दङ्वा, परशुराम बस्नेत लगायतका नेताहरुले प्रशिक्षण दिएका थिए ।

    पार्टीको विधान अधिवेशनको समय नजिकिएसँगै जसपाले संगठनहरु गठन, पुनर्गठन र अभिलेख सङ्कलनको कार्यलाई तिव्रता दिइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend